logo-img

ह्युस्टन हरिकेन्ससँग दोस्रो टी-२० खेल्दै नेपाल

आइसिसी टी–२० विश्वकपका लागि हाल अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले आज राति ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास म्याच खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ देखि ह्युस्टनस्थित प्रेरी भ्यू कम्पलेक्समा सुरु हुनेछ ।  

नेपाल पहिलो अभ्यास खेलमा ६ रनले विजयी भएको थियो । अन्तिम ६ बलमा हरिकेन्सलाई जित निकाल्न १० रन आवश्यक थियो । तर, तीव्र गतिका बलर करण केसीले २०औँ ओभरमा तीन रन मात्र खर्चेर एक विकेट लिएर नेपाललाई रोमाञ्चक जित दिलाए ।

नेपालविरुद्ध खेलिरहेको ह्युस्टनको टिममा पाकिस्तानबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उस्मान सिनवारी, नौमान अनवर र इमरान खान जूनियर पनि रहेका छन् । यस्तै, कोर्ने ड्राइ दक्षिण अफ्रिकाका लागि उमेर समूहको क्रिकेट खेलिसकेका खेलाडी हुन् ।

त्यस्तै, ह्युस्टनमा आबद्ध सुशान्त मोडानीले अमेरिकाका लागि ३१ ओडिआई र ५ टी–२० आई खेलेका छन् । 

सुशान्त मोडानी



त्यस्तै, नेपालविरुद्ध खेलिरहेको ह्युस्टनमा भारतीयमूलका स्मित पटेल र श्रीलंकाका लाहिरु मिलान्था छन् । नेपाल विश्वकप खेल्नुअघि अमेरिकाको स्थानीय क्लब ह्युस्टनसँग अभ्यास म्याच खेलिरहेको हो । 

आउँदो २ जुनदेखि सुरु हुने विश्वकपमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।



त्यसअघि नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग वार्मअप म्याच खेल्नेछ । 

  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया