‘अफेन्स इज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर, लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेशविरुद्ध स्वतन्त्रताको उदघोष गर्ने अमेरिकाका जर्साब उनले सन् १७९९ मा भनेको यो कुरा आज संसारभरीका अधिनायकवादीको मन्त्र भएको छ ।
अधिनायकवाद लोकरञ्जन र समाजवादको घोडा चढेर जनतामाझ निहुरिँदै आउँछ । प्रजातन्त्र नामको पद्धति निर्वाचित तानाशाहहरुका निम्ति ओछ्याइएको रातो गलैँचा हो । दोस्रो विश्व युद्धमा जर्मनीका समाजवादी तानाशाह अडोल्फ हिटलरलाई परास्त गरेपछि तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘प्रजातन्त्र विश्वको सबैभन्दा गएगुज्रेको राजनीतिक पद्धति हो, तर यो भन्दा राम्रो अर्को व्यवस्था पनि आजसम्म भेटिएको छैन ।’
हिटलर शाकाहारी थिए । मदिरामा आसक्त थिएनन् । यौनइच्छाको मामिलामा उनी संयमित थिए । इभा ब्राउनबाहेक अरू कुनै नारीसँग उनको संसर्गको किस्सा सुनिएको छैन । तर, उनले आर्यन रगत शुद्ध बनाउने नाममा ६० लाख यहुदीको संहार गरिदिए । इतिहासमा उनको नाम लुसिफरभन्दा कलंकित छ ।
विन्स्टन चर्चिल ब्रेकफास्टमा पाउरोटीसँग स्कच पिउँथे । खानामा मासु नभइ हुँदैनथ्यो । दक्षिण अमेरिकामा कोकिन उत्पादनले गति लिन थालेको थियो । उनी त्यसको सर्को लगाउन पनि धक मान्दैन थिए । नारीसँगको उनको उठबसबारे इतिहासमा अभिलेख छैन । तर, पनि उनी लसपसका पारखी थिए भन्ने कुरा बेलायती टेब्लोइडहरूले खुब लेखेका छन् ।
अमेरिकामा जन्मिएर बेलायती संसद् सदस्य भएकी महिला थिइन् एकजना– न्यान्सी एस्टर । चर्चिल र उनको जहिल्यै दन्तबजान हुने । एउटा समारोहमा न्यान्सीले चर्चिललाई भनिन्, ‘म तिम्रो श्रीमती भए तिमीलाई चियामा विष हालिदिने थिएँ ।’ चर्चिलले जवाफ दिए, ‘म त त्यो चिया सहर्ष पिउने थिएँ । तिमीलाई पुलिसले जे गर्ने हो त्यो गर्थ्यो ।’
अर्कोचोटी अर्कै समारोहमा चर्चिल अलि मातेका थिए, मदिरा बढी भएछ । लेडी एस्टरले भनिन्, ‘ए चर्चिल, तिमी मातेको छौ ।’ चर्चिलको जवाफ थियो, ‘म त भोलि बिहान ब्यूँझिँदा होसमा हुनेछु, तिमी चाहिँ अहिले जस्ती कुरूप छ्यौ, त्यस्तै कुरूप देखिनेछौ ।’
माधवकुमार नेपाल बैंकका खजाञ्ची मात्र थिएनन्, सानो कदकाँटीका हिटलर जुंगे उनी संगठन निर्माणमा निपुण थिए । महत्वाकांक्षाका महाधनी ओलीलाई माधव नेपालप्रति ईर्ष्या हुनु स्वाभाविक थियो । मनमोहन अधिकारीको निधनपछि एमाले दुई कित्तामा बाँडिएको परिणाम आज जे छ त्यो त्यही हो ।
नेपाली राजनीतिक परिदृश्यमा पनि छन् यस्तै एक वाचाल चरित्र । नाम हो– केपी ओली । उखानटुक्काका भकारी । चर्चिलले बेलायतलाई युद्धमा जिताए । ओलीले नेपाली आकांक्षालाई सधैं धुलिसात तुल्याएका छन् । बाल्यकालमा लिम्बूहरूले खेदेर झापा पुगेको तुष छ उनमा । १६ वर्षमा नरसंहार गरेको सम्झनाले उनलाई कहिल्यै छोड्ने छैन । रौतहटमा लुकेर बस्दा अल्लारेपनाले गर्दा मोहनचन्द्र अधिकारीलाई समेत पक्राएको कुरा उनलाई अहिले क्रान्तिकारी रोमाञ्च लाग्छ । मदन भण्डारी सक्रिय हुन्जेल उनले कुनै जिम्मेवारी पाएनन् । जेल बस्दा जसले स्याहार गरेको थियो, उनै राधाकृष्ण मैनालीले झापाबाट झिकाएको पैसाले पाटनमा लोकल ठर्रा र खैनीको जुगाड गर्ने अवस्था थियो । तत्कालीन माले पार्टीले राजधानी उपत्यकाका नेवार समुदायमा हेलेमेल गरेर केटी फसाउने निर्देशिका जारी गरेको थियो । ईश्वर पोखरेलदेखि पार्टीका तल्लो तहका शंकर पोखरेलसम्मले आफ्नो ‘जिम्मेवारी’ पूरा गरिसकेका थिए । ओलीलाई पत्याउने कन्या फेला परेका थिएनन् । पार्टीकै मान्छे लागेर राधिका शाक्य फेला पारिदिए ।
बैंकमा काम गर्ने कार्यकर्ता पाएपछि ओलीको खाना, दाना, माना, छाना व्यवस्थित भएको हो । मदन भण्डारीको असामयिक निधनपछि एमालेका दोस्रो दर्जाका नेताको भाग्य खुल्यो । माधवकुमार नेपाल बैंकका खजाञ्ची मात्र थिएनन्, सानो कदकाँटीका हिटलर जुंगे उनी संगठन निर्माणमा निपुण थिए । महत्वाकांक्षाका महाधनी ओलीलाई माधव नेपालप्रति ईर्ष्या हुनु स्वाभाविक थियो । मनमोहन अधिकारीको निधनपछि एमाले दुई कित्तामा बाँडिएको परिणाम आज जे छ त्यो त्यही हो ।
महाकाली सन्धि गरेर नेपालको जलस्रोत भारतको पोल्टामा सुम्पिनुबाहेक माधव र ओली कहिल्यै कुनै कुरामा एकमत छैनन् । यी दुवैमा को भारतको प्यादा बन्ने भन्ने कुरामा प्रतिस्पर्धा थियो र छ । माधव नेपाल आफूले आर्जेको पार्टीमा ओलीले गरेको दोहन देखेर कुपित छन् । ओली भारतको विरोध गरेको नाटक गर्दै भारतकै हितमा छन् । एमाले कार्यकर्ता रनभुल्ल छन् । नेकपा (एस) भारतको अर्को स्लिपिंग सेल मात्रै हो । बुझ्नेले कुरा बुझेका छन् । शेरबहादुर गगन थापालाई अघि सारेर चुपचाप बसेका होइनन् ।
सन् २००६ मा अमेरिकाको न्यूजर्सीमा अमेरिका नेपाल एसोसिएशन (एएनए) नामको एउटा संस्थाले आफ्नो वार्षिक कार्यक्रम गर्दै थियो । नेपालमा राजतन्त्र जाने निश्चित थियो । पञ्चायती व्यवस्था भत्काउन धेरथोर योगदान गरेका पत्रकारको एउटा सानो समूह गफगाफमा मस्त थियो । अब के हुन्छ ? सबैको आ–आफ्नो विचार मन्थन चल्दै थियो । म आफ्नै तालले भन्दै थिएँ, ‘अब बेस्ट अमंग द वर्स्टलाई अघि लगाउनेबाहेक अरू उपाय छैन ।’ अचानक एउटा ख्याउटे, लम्बु तर स्वर ठूलो भएको केटो ‘हो हो, उहाँले भनेको ठीक हो,’ भन्दै हाम्रो समूहमा मिसिन आयो । मैले सोधेँ, को हो यो ? एउटाले भन्यो, ‘मण्डले’ हो । यसको बाउ खुँखार राजावादी । दाइ ‘मण्डले’ । रेडियोमा समाचार भन्छ । यो पनि त्यस्तै केही काम गर्थ्यो सिनेमाको बारेमा रिपोर्ट गर्थ्यो । करिश्मा मानन्धरको पति विनोद मानन्धरको कारिन्दा थियो । अहिले यता आएर सब वेमा काम गर्छ । हिजोसम्म राजावादी थियो, अहिले क्रान्तिकारी भएको छ ।’
सहकारीको मुद्दा के हुन्छ थाहा छैन, भोलि सत्ता साझेदारीमा यो मान्छे कांग्रेस र गगन थापासँग मिलिदियो भने कुनै आश्चर्य हुने छैन । नेपाल ठगहरूको लागि पसारिएको पासा हो ।
त्यो मान्छे अहिलेको रवि लामिछाने रहेछ । गगन थापा पनि त्यही छेक अमेरिका आउन लागेका थिए । फोन गरेर भनेको थियो, ‘दाइ, भेट्नुपर्छ है, जसरी होस् । धेरै कुरा छन् गर्नुपर्ने ।’ गगनसँग भेट हुन सकेन । रवि लामिछानेसँग भेट्नु जरुरी थिएन । मैले नेपाल छोड्नु अघि जुन गगन थापा गिरिजाप्रसाद कोइरालाको लाइनविरुद्ध गणतन्त्रको नारा लिएर सडकमा संघर्ष गर्दै थियो। त्यो बेला रवि लामिछाने र एउटी पाकिस्तानी केटीको घनिष्ठ सम्बन्ध रहेछ । आफ्नो परिवार छोडेको रहेछ । सब वे मा काम गर्ने अर्की नेपाली अभिनेत्रीसँग पनि उस्तै सम्बन्ध । उही मान्छे हाम्रो समूहमा आएर प्रजातन्त्र र यता र उताको कुरा गर्छ ! त्यही बेला दु वटा बैंकको क्रेडिट कार्डको पैसा नतिरेर मुद्दा लागेको रहेछ ! मैले यो ‘बहुरूपी’ लाई देखेको त्यही बेला हो ।
सहकारीको मुद्दा के हुन्छ थाहा छैन, भोलि सत्ता साझेदारीमा यो मान्छे कांग्रेस र गगन थापासँग मिलिदियो भने कुनै आश्चर्य हुने छैन । नेपाल ठगहरूको लागि पसारिएको पासा हो ।
गलैँचाबाट कमाएको पैसा कैलाश र विनोदले बाटो बनाउने ठेकेदारीमा लगाए । श्याम गोयन्काले सुरु गरेको कान्तिपुरलाई ‘होस्टाइल टेकओभर’ गरेपछि आफूले बनाएको बाटोका बारेमा आफैंले आफ्नै पत्रिकाबाट प्रचार गर्न थाले । एउटा समय यस्तो थियो, कान्तिपुरका मालिकहरु आफ्नो अन्य व्यापारमा तलमाथि हुँदा सरकारी कार्यालयका हाकिमहरूलाई भन्ने गर्थे, ‘सरुवा गराइदिउँ ?’
४१ सालतिरको कुरा हो । भर्खर एसएलसी दिएर परिणाम कुर्दै गरेको बेला थियो । बागबजारमा मामाको साझेदारीमा चलेको एउटा छापाखाना थियो । आनन्द प्रिटिङ्ग प्रेस । बाहिर शो रुम थियो । सिरोहिया फर्निचर्स । सिरोहिया त्यो बेला बर्माबाट आयातीत टीक उडको विलाशी मेच, टेबल, पलंग आदि इत्यादि बेच्थे । मालिक थिए कैलाश सिरोहियाका दाइ गोपालप्रसाद सिरोहिया । कैलाश बिक्रीको दुई प्रतिशत कमिशन र तलबमा काम गर्थे । २०४३ सालको स्थानीय चुनावमा गणेशमानका लट्ठी हरिबोल भट्टराईले चुनाव जिते । कांग्रेसीहरूलाई अफिस सजाउन हतार भयो । उनीहरूले त्यो बेला तत्कालीन प्रधानपञ्चको कार्यालयका लागि झन्डै एक लाखको फर्निचर उठाएर लगे । कमिसनको खेल थियो । पैसा तिरेनन् । कैलाश सिरोहियाले ताकेता गरे । पैसा उठ्नुअघि नै हरिबोल भट्टराई एउटा सरकारी कार्यक्रममा उपस्थित नभएका कारण पदबाट निलम्बित भए । सिरोहियाको पैसा डुब्यो ।
बहुदल आयो । कैलाश र विनोद ज्ञवालीले नमस्ते कार्पेट चलाए । विनोदका बाबु हेमराज ज्ञवाली पञ्चायतकालीन प्रशासक थिए । रविदेव शर्मा उद्योग विभागका निर्देशक । त्यो बेला घरेलु उद्योगलाई प्रोत्साहन दिन उन कात्ने ‘कार्डिङ्ग’ मेसिन प्रतिबन्धित थियो । तर, नमस्ते कार्पेटले त्यो मेसिन राख्ने सुविधा पायो । गलैँचाबाट कमाएको पैसा कैलाश र विनोदले बाटो बनाउने ठेकेदारीमा लगाए । श्याम गोयन्काले सुरु गरेको कान्तिपुरलाई ‘होस्टाइल टेकओभर’ गरेपछि आफूले बनाएको बाटोका बारेमा आफैंले आफ्नै पत्रिकाबाट प्रचार गर्न थाले । एउटा समय यस्तो थियो, कान्तिपुरका मालिकहरू आफ्नो अन्य व्यापारमा तलमाथि हुँदा सरकारी कार्यालयका हाकिमहरूलाई भन्ने गर्थे, ‘सरुवा गराइदिउँ ?’
उपसंहार
उल्लिखित केही केवल उदाहरण हुन् । व्यक्ति आउँछ, जान्छ । प्रवृत्ति रहन्छ । उमार्ने, हुर्काउने समाज हो । नेपालमा राजनेता छैनन् । राजनीतिक उद्यमी प्रशस्त छन् । अर्काले खाएको रीस गर्ने, आफूले पाए दुई हातले खाने मतदाता हुन्जेल समाजमा ओली, रवि र कैलाशहरू खेलिरहन्छन्, हाम्रै थाप्लोमा ।
कैलाश सिरोहिया दूधले नुहाएको मान्छे होइनन् । उनका खेलमखेल अनुसन्धानको चटारोका लागि चिच्याउँदैछ । तर, नागरिकताको सवालमा जाकिनुपर्ने मान्छे होइनन् उनी । मधेशी मूलका मान्छेलाई नागरिकताको झोकमा सेक्दैजाने हो भने चुच्चे नक्सा भारतलाई बुझाएर पञ्चायत टिकाएको खतबातमा शाहबंशमाथि राष्ट्रघातको मुद्दा लगाउनु जायज ठहरिन्छ । कुन चाहिँ ढाकाटोपी दौरासुरुवालधारी राष्ट्रवादी तयार छ ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।