नेपाली सेनामा आठ हजार पदका लागि जागिर खुल्ला

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपूर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी मागेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डालगायत २९ केन्द्रमार्फत इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाइएको छ ।

सेनाले आवेदन खुल्ला गरेका पदहरूमा लेखा जमदार कर्मचारी (लेखा जमक), सहायक पण्डित हुद्धा (सपहु), अमल्दार कर्मचारी (अक), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यबादन (ब्रास ब्यान्ड) तथा विभिन्न ट्रेडका फलोवर्स छन् ।

त्यसैगरी, कुचीकार, धोबी, मालीलगायत पदमा पनि आवेन आह्वान गरिएको छ । यी पदहरूमा साधारण लेखपढ गर्न सक्नेले पनि दरखास्त दिन सक्छन् ।

लेखाका जमदारका लागि १२ कक्षा पास, अमलदारका लागि एसईई पास, ड्राइभरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ । वैशाख ३ गतेदेखि जेठ १ गतेसम्मलाई दरखास्तको अवधि तोकिएको छ । गोरखापत्रको मंगलबारको अंकमा सूचना निकालेर सेनाले दरखास्त आह्वान गरेको हो ।





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १५:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया