कांग्रेसले देशभर जागरण अभियान चलाउने

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसले हिमाल–पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ । राष्ट्रिय जागरणका लागि कांग्रेसले केन्द्रीय तहका नेतालाई स्थानीय तहसम्म खटाउने भएको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले विभिन्न १४ बुँदे उद्देश्यसहितको जागरण अभियान घोषणा गरेको हो ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अभियान चरणमा हुनेछ । 

अभियानमा सरकारको अधिनायकवाददेखि मधेसको माग पूरा गराउनेसम्मका एजेन्डा समेटिएका छन् । निर्मला पन्त बलात्कार तथा हत्यालगायतका घटनाको छानबिन, विपत्रिमा परेकाको पुनर्स्थापना, विदेशमा रहेका नेपालीलाई मतदान अधिकारलगायतको बुँदा जागरण अभियानमा समेटिने भएको छ । 

अभियानका क्रममा कांग्रेसले पार्टीको स्थापनाकालदेखि हालसम्मको दस्ताबेज संकलन गर्नुका साथै पुराना नेताको खोधीखोजीसमेत गर्ने प्रवक्ता शर्माको भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १६:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया