logo-img

सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न सकिँदैन : रामकुमारी

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गरेकी छिन्। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी हुन्।आइतबार काठमाडौामा आयोजित एक कार्यक्रममा बोल्दै उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताइन्। 



‘मान्छेहरुमाथि कहिलेकाहीँ पावरमा पावर अफ एक्सरसाइज गर्ने मान्छेहरुमाथि अनाधिकृत लाञ्छना पनि लागेका हुनसक्छन्। तर छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने क्लिन चिट पाउने जिम्मेवारी स्वयं व्यक्तिको हुन्छ ।’

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझ्न नसकिने उनको भनाइ थियो। कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको पनि उनले बताइन्। 





  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार १५:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया