नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीविरुद्धको छानबिनमा समिति चाहिँदैन भनेर बोल्नु सत्ता, गिरीबन्धुको जग्गासहितको स्वार्थ बाझिएको बताएका छन् ।
कांग्रेसले गरेको विरोधसभामा बोल्दै शर्माले संसदीय समितिको प्रक्रियालाई रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेको बताए। उनले भने,‘सहकारी प्रकरणमा रवि लामिछाने देखिएका पात्र हुन् । तर, यस्तो ठगीमा नदेखिएका धेरै एमालेका साथीलाई ओली जोगाउन चाहनुहुन्छ । यो एमालेकालाई बदनाम बनाउने चाहना हो भन्ने कुरा विस्तारै बुझ्दै जानुहुन्छ ।’
झापाको केपी ओलीलाई बुझ्न विश्वप्रकाशको जति सहजता भक्तपुरका रवि लामिछानेसँग नभएको शर्माकाे दाबी छ । ‘सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन समिति बनाएर कारवाही गर्नुपर्ने माग हाम्रो छ,' शर्माले भने, 'तर समिति चाहँदैन भनेर मेरो जिल्लाकै कमरेड केपी ओलीले बोल्नुभयो । रास्वपासँग भएको गणितले सत्ता टिकाउने भएकोले रवि दोषी र दण्डित देखिने हुँदा पनि चुपचाप बस्ने मनस्थितिमा उहाँ हुनुहुन्छ ।’
सहकारीमा ओलीले रविलाई बचाउने र गिरीबन्धुमा रविले ओलीलाई बचाउन खोज्ने दुवै विषय अब छर्लंङ भएको उनकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।