logo-img

सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ ।
 
१ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ । सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले थामेको छ । १३ मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक अन्य सबै उपसमूह घटेका छन् । 

२१५ कम्पनीको सेयरमूल्य घट्दा फाइनान्स उपसमूह सर्वाधिक २.१९ प्रतिशतले घटेको छ । २९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ । कालिञ्चोक दर्शनको सेयर बढेर सर्किट लागेको छ । सिटी होटल पनि ८.२४ प्रतिशतले बढेको छ ।
 
सर्वाधिक कारोबार हुने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स छ । उक्त बिमा कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी सिइडिबी हाइड्रोपावरको १५ करोड ३१ लाख, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ८१ लाख, नबिल बैंकको १३ करोड ४० लाख र सोल्टी होटलको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । 
 







  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार १६:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया