logo-img

हिमालमा घृणित राजनीति
कीर्तिमानी आरोही पुर्जाको टिम सगरमाथा चढ्न लाग्दा डोरी काटियाे (भिडियाेसहित)

विश्वप्रख्यात कीर्तिमानी आरोही निर्मल पुर्जा  ‘निम्स दाइ’को टिमलाई सगरमाथा आरोहणमा बाधा पुर्याउने प्रयास भएको छ । यसबारे पुर्जा स्वयंले एक भिडियाेमार्फत जानकारी दिएका छन् । 

उनले भनेका छन्, ‘मैले सुनेको के हो भने मानिसहरूले दक्षिण शिखरको ठीक तल, बाल्कोनीमाथि डोरी काटेका छन्। सबैलाई थाहा थियो कि मेरो टोली शिखर प्लसको लागि जाँदै छ।’



हिमालमा धेरै फोहोरी राजनीति भइरहेको उनले भनेका छन्, ‘मलाई लाग्छ कि आज मलाई पर्याप्त भयो। मैले यो उद्योगलाई संरक्षण गर्ने प्रयास गर्दै शान्त राख्ने कोसिस गरेको थिएँ। तर, अहिले म बोल्न बाध्य भएँ, मानिसहरूलाई थाहा थियो कि हामी शिखरमा जाँदै छौँ र यो अत्यन्त घृणास्पद छ। डोरी ठीक गर्ने टोलीको यो जिम्मेवारी हो जसले जान्छ र यसलाई ठीक गर्छ, जुन हामी चाँडै देख्नेछौँ। हामी चाँडै पत्ता लगाउँछौँ कि डोरी कसले काट्यो।’ 

‘यो निकै घृणित छ, साथीहरू। म साँच्चै धेरै दुःखी र निराश छु। मानिसहरूले मलाई पछिल्लो तीन वर्षदेखि तान्न प्रयास गरिरहेका छन,’ उनले थप भनेका छन्, ‘उनीहरूले यस्तो फोहोरी राजनीति खेलिरहेका छन्, तर माफ गर्नुहोस् साथीहरू। म सधैँ सकारात्मक रहन चाहन्थेँ, तर यस्तो कुरा पनि मानिसहरूले जान्न आवश्यक छ।

हेराैँ भिडियाेमा पुर्जाले के भनेका छन् 



 



  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार १८:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया