logo-img

दुई दिवसीय तस्बिर प्रदर्शनी : ‘सम्झनामा किसुनजी’

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘सम्झनामा किसुनजी’ विषयमा आजदेखि दुई दिवसीय तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको सन्त नेता भट्टराईको राजनीतिक जीवनसँग सम्बन्धित एकसय तस्बिर समावेश छन् । 



राष्ट्रियता, इमान्दारिता, पारर्शिता र नैतिकताका पुजारी पूर्वप्रधानमन्त्री भट्टराई नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा भएका बैठक, सभा, सम्मेलन, सरकार सञ्चालन तथा विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाटसँग जोडिएको तस्बिर छन् । 

उक्त प्रदर्शनीको नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री विभिन्न पार्टीका नेता तथा कार्यकर्तालगायतले अवलोकन गरे । 





  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार २०:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया