logo-img

आइपिएल २०२४ मा विराटले ‘ओरेन्ज क्याप’ र हर्षलले जिते ‘पर्पल क्याप’

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) का महत्वपूर्ण सदस्य विराट कोहली इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा सर्वाधिक रनकर्ता बनेका छन् ।

बेंगलुरुले उपाधि जित्न नसके पनि कोहलीको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो । उनले यस सिजनमा १५ खेलमा पाँच अर्धशतक र एक शतकको सहयोगमा ७ सय ४१ रन बनाए । योसँगै कोहलीले ‘ओरेन्ज क्याप’ अवार्ड जिते ।



यस्तै, सर्वाधिक विकेट लिएका पञ्जाब किंग्सका तीव्र गतिका बलर हर्षल पटेललेले ‘पर्पल क्याप’ अवार्ड प्राप्त गरे । उनले १४ खेलमा सर्वाधिक २४ विकेट लिए । 

जारी सिजनमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड कोलकाता नाइट राइडर्सका ओपनिङ ब्याटर सुनिल नारायणले जिते । उनले कोलकातालाई तेस्रोपटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।

नारायणले यस सिजनमा १४ खेलमा ४८८ रन बनाउनुका साथै १७ विकेट पनि लिए ।  





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार ७:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया