logo-img

छानबिन समिति गठनको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै, जुट्ला सहमति ?

सहकारी हिनामिना प्रकरणमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन आज शीर्ष नेताको बैठक बस्दैछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न सोमबार बिहान बालुवाटारमा शीर्ष नेताबीचको बैठक बस्न लागेको हो ।  

आजको शीर्ष नेताबीचको बैठकमा कार्यदलमा अहिलेसम्म भएका सहमति र टुंग्याउन बाँकी रहेका विषयमा सहमति खोज्ने पूरा प्रयास गरिने बताइएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुने बताइएको छ । 

शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बस्न लागेको जानकारी दिए । 



कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । तर, सत्तापक्षले नाम राख्न तयार नभएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अगाडि बढ्न सकेको छैन । 
 



  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया