logo-img

बजेट प्रस्तुत गर्ने सहमति जुटाउन सत्तापक्ष र विपक्षीबीच बालुवाटारमा बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमति जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरूसँगै कार्यदलका सदस्यहरूसँग एकसाथ छलफल गरिरहेका छन् । 



बैठक दाहाल निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा कांग्रेसका उ सभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी छन् । 

यस्तै, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुँदा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र सन्तोष परियारलगायत सहभागी छन् ।  





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार १०:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया