logo-img

सिरोहियाविरुद्ध राज्य लाग्यो, कानुनको गलत र कपटपूर्ण प्रयोग भयो : कांग्रेस नेता सिटौला

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानुनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैँ पक्राउ पुर्जी माग्न अदालत पुगेको दाबी गरे । 

‘हामीले प्रधानमन्त्रीसँग भेट्दा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रक्रियाबाट पक्राउ पुर्जी आयो । अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो ।’ 

सिटौलाले अगाडि थपे, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पुर्जीको आदेश माग है नभनेको भए अदालत आफैँले पुर्जी दिन्थ्यो त ? अदालत के आफैँ एक्टिभ भएको हो त ?’ अदालत आफैँले पक्राउ गर्नलाई निर्देशन दिएको होइन, सरकार एक्टिभ भएको हो । उहाँलाई जुन परिस्थितिमा जुन तरिकाले पक्राउ गरेर लगियो र हिरासतमा राखेर जसरी अनुसन्धान भइराखेको छ, ठ्याक्कै त्यसको निष्कर्षमा भन्दा त्यो कानुनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भइरहेको छ ।’

सिटौलाले कान्तिपुरले पटक पटक सहकारी ठगीको विषय मुद्दाका रूपमा उठाएकाले संसदमा गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समितिको माग भएको भन्ने परेकाले नै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन् भन्ने हेतुले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप लगाए । 

गणतन्त्र स्थापनाको लागि ०६२/०६३ मा भएको आन्दोलनमा राजनीतिक दलहरूले आन्दोलन अगाडि बढाउन नसकेको स्थितिमा कान्तिपुरसँगै प्रेस जगत् सडकमा आएको स्मरण गरेका उनले कान्तिपुर जस्तो प्रेसको मुख थुन्नु भनेको जनताको मुख थुन्नु भएको टिप्पणी गरे ।  





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया