logo-img

खोलामा बगेर काकी-भतिजा बेपत्ता
सांकेतिक तस्बिर

दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् ।  



अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा खटिएको छ ।  





  • प्रकाशित मिति : जेठ १४, २०८१ साेमबार ११:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया