एपिएफलाई हराउँदै थ्रि स्टार फाइनलमा

सर्लाही - एपिएफ क्लबलाई हराउँदै थ्री स्टार सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ । 

बागमती युवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगिताकाे सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई २–० ले पराजित गर्दै थ्री स्टार फाइनलमा प्रवेश गरेको हाे। खेलकाे ३१औं मिनेटमा सुशील राईकाे गाेलमार्फत थ्री स्टारले अग्रता लिएकाे थियाे । 

सुरुवातबाट नै आक्रामक खेलेको थ्री स्टारका लागि दिनेश राजवंशीले गोल गर्दै अग्रता दोब्बर पारे। टोलीका लागि दोस्रो गोल गरेका राजवंशी म्यान अफ दी म्याच घोषित भए।

उनले नगद १० हजार रुपैयाँ हात पारे। विदेशी दुई खेलाडीलाई मैदान उतार्दै आक्रामक खेलेको थ्री स्टारसामु विभागीय टोली एपिएफ खुलेर खेल्न सकेन।

सिनियर खेलाडीहरू नेपालगन्जमा भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रस्थान गर्दा एपिएफले दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको थियो। 

सेमिफाइनलकाे अर्काे खेल भुटानकाे पाराे क्लब र बागमती नगरपालिकाबीच बुधबार हुनेछ र फाइनल खेल बैशाख ६ मा हुनेछ । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार ८:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया