६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

टुँडिखेलमा १७औँ गणतन्त्र दिवसको रौनक [तस्बिरहरू]

१७औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

दिवसका अवसरमा नेपाली सेनाको हेलिकोप्टरले गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शनका साथै पुष्पवृष्टि गर्‍यो । यस्तै, समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपासका साथै नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । 



गणतन्त्र दिवसमा तस्बिरमा टुँडिखेल :





 

  • प्रकाशित मिति : १५ जेठ, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया