च्याम्पियन्स लिग : मेसीकाे बार्सा सेमिफाइनलमा, राेनाल्डाेकाे युभेन्टस बाहिरियाे

मड्रिड– स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

आज राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा लियोनल मेसीको बार्सिलोनाले युनाइटेडलाई ३–० ले हरायो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भयो ।

घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाका लियोनल मेसीले सुरुआती दुई गोल गरे । खेलको १६औँ मिनेटमा पहिलो गोल गरेका मेसीले त्यसको चार मिनेटपछि नै दोस्रो गोल गरे ।

सुरुका केही मिनेट खेलमा युनाइटेडको दबदबा देखिएको थियो । ४०औँ सेकेण्डमा युनाइटेडका मार्कोस रासफोर्डको प्रहार बारमा लागेर फर्कियो ।  

मेसीको गोलपछि भने युनाइटेड दबाबमा पर्यो र खेलमा बार्सिलोना हाबी भयो । ६१औँ मिनेटमा काउटिन्होले गोल थपे । 

९०औँ मिनेटमा युनाइटेडका एलेक्स सान्चेजले उत्कृष्ट हेड गरे पनि बार्सिलोनाका गोलकिपरले रोक्न भ्याए । खेल ३–० मा टुंगियो । 



उता, अर्काे खेलमा अयाक्सले युभेन्टसलाई हराएर सेमिफाइनल प्रवेश गरेको छ । सन् १९९७ पछि अयाक्सले पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

आज रातिकाे दाेस्राे लेगमा अयाक्सले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो र समग्रमा ३–२ ले विजयी भयो ।



हारसँगै, यसै सिजन रियल मड्रिडबाट युभेन्टस गएका पाँचपटकका विजेता रोनाल्डो २०१० यता पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका छन् ।

  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार ८:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया