गुगल प्ले स्टोरबाट टिक–टक गायब

दिल्ली– भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिकटक हटाउन आग्रह गरेपछि गुगल प्ले स्टोरबाट टिकटक गायब भएको छ । अहिले गुगल प्ले स्टाेरमा टिकटक डाउनलाेड उपलब्ध छैन । 

सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउनेसम्बन्धी विषयमा मद्रास उच्च अदालतमा २२ अप्रिलमा हुने सुनुवाईपछि सर्वोच्चले फैसला गर्ने सोमबार बताएको थियो । यस क्रममा सुप्रिम कोर्टले एपको विषयमा मद्रास हाइकोर्टको फैसलामा ‘स्टे अर्डर’ दिन पनि अस्वीकार गरेको थियो । 

मद्रास उच्च अदालतले केन्द्र सरकारसँग चिनियाँ भिडियो एपमाथि प्रतिबन्ध लगाउन भनेको थियो । अदालतले युवाहरुको भविष्य र बच्चाहरुको दिमाग बिगारिरहेको भन्दै टिकटक प्रतिबन्ध लगाउन आदेश दिएकाे थियो । 

तर, सो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले सो आदेश खारेज गरेपछि भारत सरकारले गुगल र एप्पललाई एप्स हटाउन आग्रह गरेको थियाे ।

विश्वभरि सर्वाधिक संख्यामा डाउनलोड भएको टिकटकका भारतमा मात्रै करोडौँ प्रयोगकर्ता छन् । गत मार्चमा मात्रै आठ करोड ८६ लाख भारतीय प्रयोगकर्ताले यो एप डाउनलोड गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार ८:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया