२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

राहुललाई ‘चोर’ भन्ने भाजपा नेतामाथि उजुरी

दिल्ली– चुनाव प्रचारप्रसारको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि आपत्तिजनक टिप्पणी गर्ने हिमांचल प्रदेशका भाजपा अध्यक्ष सतपाल सिंह सत्तीविरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ । 

मुख्य निर्वाचन अधिकारी देवेश कुमारले सूचना जारी गरि सत्तीसँग २४ घण्टाभित्र जवाफ मागेका छन् । सत्तीले १३ अप्रिलमा सोलनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राहुल गान्धी र उनको परिवारलाई ‘चोर’ भनेका थिए । 



उनले गान्धी परिवारका सदस्यहरु सोनिया गान्धी र रोबर्ट वाड्रा धराैटीमा भएकाले राहुल गान्धी अरुको आलोचना गर्न नसक्ने स्थितिमा भएको समेत बताएका थिए । 

सत्तीले आफ्नो यस विषयमा स्पष्टीकरण दिएका छन् । 



यसअघि पनि चुनाव प्रचारप्रसारको क्रममा आपत्तिजनक भनाइ राख्ने नेताहरुलाई निर्वाचन आयोगले कारबाही गरेको थियो ।  
 



  • प्रकाशित मिति : ४ वैशाख, २०७६ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया