दिल्ली– चुनाव प्रचारप्रसारको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि आपत्तिजनक टिप्पणी गर्ने हिमांचल प्रदेशका भाजपा अध्यक्ष सतपाल सिंह सत्तीविरुद्ध मंगलबार मुद्दा दर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकारी देवेश कुमारले सूचना जारी गरि सत्तीसँग २४ घण्टाभित्र जवाफ मागेका छन् । सत्तीले १३ अप्रिलमा सोलनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राहुल गान्धी र उनको परिवारलाई ‘चोर’ भनेका थिए ।
उनले गान्धी परिवारका सदस्यहरु सोनिया गान्धी र रोबर्ट वाड्रा धराैटीमा भएकाले राहुल गान्धी अरुको आलोचना गर्न नसक्ने स्थितिमा भएको समेत बताएका थिए ।
सत्तीले आफ्नो यस विषयमा स्पष्टीकरण दिएका छन् ।
यसअघि पनि चुनाव प्रचारप्रसारको क्रममा आपत्तिजनक भनाइ राख्ने नेताहरुलाई निर्वाचन आयोगले कारबाही गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।