कर्मचारी भर्नाकाे विज्ञापन नगर्न संघीय लाेकसेवालाई प्रदेश २ काे आग्रह
लालबाबु राउत/प्रदेश २ मुख्यमन्त्री

काठमाडौँ– प्रदेशभित्र रिक्त दरबन्दीका लागि नयाँ कर्मचारी भर्नाकाे विज्ञापन नखुलाउन संघीय लाेकसेवा आयाेगलाई प्रदेश २ सरकारले आग्रह गरेकाे छ । 

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोगलाई पत्र लेखेर कर्मचारी भर्नाकाे अधिकार प्रदेशमै रहेकाे भन्दै प्रदेशस्तर र स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेका हुन् । 

खाली रहेकाे दरबन्दीमा संघीय लोकसेवा आयोगले पदपूर्ति गर्न खाेजेपछि प्रदेश २ ले उक्त अधिकार प्रदेश सरकारसँग रहेको उल्लेख गर्दै यसमा आपत्ति जनाएकाे हाे ।

सरकारले हालै १ लाख ३१ जना कर्मचारीको तीनवटै तहमा समायोजन गरेको छ । स्वीकृत दरबन्दीअनुसार तीनवटै तहमा ३७ हजार कर्मचारी अझै अपुग छन् ।

सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा पदपूर्तिका लागि माग फाराम पठाउन हालै पत्राचार गरेको थियो । पत्रमा स्थानीय तहमा रिक्त पद यथाशीघ्र पूर्ति गर्नुपर्ने भएकाले प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संघीय लोकसेवा आयोगले विज्ञापन गर्ने उल्लेख थियो ।

मुख्यमन्त्री राउतले पत्रमा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक अन्तिम चरणमा रहेको र त्यसलगत्तै प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा प्रदेश सरकार रहेकाले प्रदेश २ काे नयाँ कर्मचारी भर्ना नखुलाउन आग्रह गरेका छन् ।



 

 



  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार ९:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया