logo-img

दिवा खाजाका लागि ८ अर्ब ३९ करोड विनियोजन

सरकारले प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रूपैयाँ विनियोजन गरेको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेड प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ३० लाख विद्यार्थी लाभान्वित हुने कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउन उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

उक्त दिवा खाजामा स्थानीय उत्पादनलाई उपभोग गर्नुपर्ने पनि अर्थमन्त्री पुनले जनाएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया