चुनाव प्रचारप्रसारमा लागेका बंगलादेशी अभिनेतालाई तत्काल भारत छाेड्न आदेश

दिल्ली– भारतको केन्द्रीय गृह मन्त्रालयले बंगलादेशका लोकप्रिय अभिनता फिरदोस अहमदलाई तत्काल भारत छोड्न आदेश दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहमदविरुद्ध भारतीय चुनावका उम्मेदवारको प्रचारप्रसार गरेको भन्दै भारतीय जनता पार्टीले उजुरी गरेको थियो । यही उजुरीका आधारमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । 

अहमदले पश्चिम बंगालको रायगंज क्षेत्रमा तृणमुल कांग्रेसका उम्मेदवारको प्रचारप्रसार गरिरहेका थिए । २०११ देखि पश्चिम ब‌ंगाल कांग्रेस नेता ममता बनर्जीकाे नेतृत्वमा छ । 

अभिनेता अहमद बिजनेस भिसाबाट भारत आएका थिए । यो क्रममा चुनाव प्रचार गरेर उनले भिजाको उल्लंघन गरेको ठहर गर्दै भारत सरकारले उनको भिजा पनि रद्द गरेको छ । 

अहमद करिब २ दशकदेखि ब‌ंगलादेशकाे चलचित्र क्षेत्रमा सक्रिय छन् । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १०:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया