कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आजका लागि ताकिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।
मुख्यमन्त्री केदार कार्कीलाई पदबाट हटाउँदै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
रिटमा कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।