चुनावी प्रचारमा प्रतिबन्धपछि के गर्दै छन् योगी आदित्यनाथ ?

नयाँदिल्ली– विवादित बयानका कारण निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा रोक लगाएयता भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मठ–मन्दिरको भ्रमणमा व्यस्त छन् ।

मंगलबार लखनाउको हनुमान सेतुस्थित प्रशिद्ध हनुमान मन्दिरमा पूजा–अर्चना गरेका योगी बुधबार अयोध्या जाँदै छन् । अयोध्यामा उनी हनुमानगढी मन्दिर, सुग्रीव किल्ला, सरयू घाट पुगेर दर्शन–पूजन गर्नेछन् । 

मुख्यमन्त्री योगी लामललाको मूर्ति राखिएको विवादास्पद स्थलसम्म पुग्नेछन् । अयोध्यामा दशकौँदेखि राममन्दिरसम्बन्धी विवाद चलिरहेको छ । 

श्रीरामको जन्मभूमि अयोध्यामा रामजानकीको मन्दिर मासेर मुगल सम्राट बाबरले मस्जिद बनाएको भन्दै सन् १९९२ मा हिन्दुहरुले बाबरी मस्जिद ध्वस्त गरिदिएका थिए । त्यसयता हिन्दु–मुस्लिमबीच पटक–पटक भएका दंगामा हजारौँको ज्यान गइसकेको छ ।

अहिले पनि अयोध्यामा राममन्दिर–बाबरी मस्जिद विवाद कायमै छ । योगीको दल भाजपाले चुनावी घोषणापत्रमा यहाँ भव्य राममन्दिर बनाउने संकल्प गरेको छ । 

अयोध्यापछि योगी आदित्यनाथ देवीपाटन शक्तिपीठ जानेछन् । 



आदर्श आचारसंहिता उल्लंघन गरेको अभियोगमा चुनाव आयोगले योगीमाथि ७२ घन्टे प्रतिबन्ध लगाएको थियो, जुन बिहीबारसम्म चल्नेछ । 



  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १०:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया