२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरू आन्दोलित [तस्बिरहरू]

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा  स्पिनर सन्दीप लामिछानेलाई टी-२० विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । 


बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरूले दूतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् ।  लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरूको चेतावनी थियो । 



उनीहरूले लामिछानेलाई टी–२० विश्वकपबाट वञ्चित गराउने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए । सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसके पनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् । 





 

  • प्रकाशित मिति : १६ जेठ, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया