पुरुषलाई मात्र किन लाग्छ हेमोफिलिया रोग ?

एजेन्सी– हेमोफिलिया महिलाको तुलनामा पुरुषलाई बढी हुन्छ । महिलाहरु यो रोगका सार्नका लागि माध्यमका रुपमा भूमिका खेलेका हुन्छन् । 

हेमोफिलिया ‘ए’ र‘बी’ गरेर दुई प्रकारको हुन्छ । हेमोफिलिया ‘ए’ र ‘बी’ बाटग्रसित मानिसहरुमा अक्सर अन्य मानिसहरुको तुलनामा लामो समयसम्म रक्तस्राव हुने समस्या देखिन्छ ।

हेमोफिलिया ‘ए’ र ‘बी’ एक्स जिन वा ‘एक्स’ क्रोमोजोमका कारण हुन्छ । महिलामा दुवै क्रोमोजोम एक्स नै हुन्छन् । तर पुरुषमा ‘एक्स’ र ‘वाई’ गरी दुई प्रकारका क्रोमोजोम हुन्छ । 

महिला र पुरुषको यिनै फरक–फरक क्रोमोजोमका कारण बच्चाको लिङ्ग निर्धारण हुन्छ । क्रोमोजोममा नै हेमोफिलिया पैदा गर्ने खालको जिन हुन्छ । 

महिलामा दुवै एक्स–एक्स क्रोमोजोम भएकाले यिनीहरु यो रोगका वाहकका रुपमा हुन्छन् । अर्थात् छोरामा ‘एक्स’ क्रोमोजोम आमाबाट मिल्ने गर्छ । त्यो ‘एक्स’ क्रोमोजोम हेमोफिलियाबाट ग्रसित छ भने छोरालाई हेमोफिलिया हुन्छ । तर छोरीमा एउटा ‘एक्स’ क्रोमोजोम आमासँग मिल्छ यदि हेमोफिलियाबाट ग्रसित बुवाबाट आउने ‘एक्स’ क्रोमोजोम हेमोफिलियाबाट ग्रसित नभए छोरीमा यो रोग सर्दैन । बुवाबाट बच्चामा यो रोग खासै सर्दैन ।

यो रोग लागेमा शरीरबाट बाहिर बगेको रगत जम्दैन । रगत नजम्ने हुनाले कुनै दुर्घटना हुँदा पनि रगत नजमेर ज्यान जान सक्छ । विशेषज्ञहरुका अनुसार यो रोगका कारण रगतमा प्रोटीनको कमी हुन्छ । यसलाई ‘क्लाँटिक फ्याक्टर’ भनिन्छ । 



एस्पिरन वा नन स्टेराइड औषधी खानाले यसबाट बच्न सकिन्छ र यसबाट बच्न हेपाटाइटिस बी को भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्छ ।
 



  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १२:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया