लन्डन– बेलायतको राजधानी लन्डनमा जारी जलवायु परिवर्तन प्रदर्शनका क्रममा झन्डै ३०० प्रदर्शनकारी गिरफ्तार भएका छन् । प्रदर्शनका कारण राजधानी लन्डनको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
ठूलो संख्यामा उत्रेका प्रदर्शनकारीले सविनय अवज्ञा आन्दोलन सुरु गर्दै सोमबार एक पुल र मुख्य मध्य सडकका चोक अवरुद्ध गरेका थिए ।
युरोपका अन्य भागमा पनि प्रदर्शनहरु भएका छन् ।
प्रदर्शनको आयोजना एक्सटिङ्सन रिबेलियन नामक पर्यावरणवादी संगठनले गरेको हो । गतवर्ष बेलायती शिक्षाविद्हरुले गठन गरेको यो संगठन विश्वमा सबैभन्दा छिटो फैलिएको पर्यावरणीय अभियानमध्ये एक हो ।
मंगलबार साँझसम्म २९० प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको लन्डन प्रहरीले बताएको छ । आउँदो सातासम्म प्रदर्शन जारी रहने प्रहरीको अनुमान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।