भारतमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार वीरगन्जमा गरिएको अभिमुखीकरण कार्यक्रममा नेपालका विभिन्न ठाउँका ५० जना विद्यार्थी सहभागी थिए ।
वाइज इन्टरनेशनल कन्सलटेन्सी, वान एजुकेशन फाउन्डेसन र सिङ्ग अप एजुकेशन सर्भिसेस संयुक्त आयोजनामा भएको सो कार्यक्रममा भारतको असम गुवाहाटीमा रहेको रोयल ग्लोबल युनिभर्सिटीबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई निःशुल्क रूपमा ८ दिनको लागि खाने बस्ने व्यवस्थासहित भोलि युनिभर्सिटी भ्रमणमा लैजाने योजना रहेको वाइज इन्टरनेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक विवेक जयसवालले जानकारी दिए ।
रोयल ग्लोबल युनिभर्सिटीमा अध्ययनका लागि नेपालबाट जाने विद्यार्थीहरूलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने वान एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक राहुल वर्णवालले बताए ।
साइनअप एजुकेसन सर्भिसेसका प्रबन्ध निर्देशक मनतोश प्रसाद साहका अनुसार, ‘रोयल ग्लोबल युनिभर्सिटीमा इन्जिनियरिङ, बिबिए, एमबिए, होटेल म्यानेजमेन्ट’ लगायत अध्ययन अध्यापन गराइन्छ ।
सन् २००२ देखि सञ्चालनमा रहेको युनिभर्सिटीमा ८ हजार विद्यार्थीहरू अध्ययनरत रहेको अन्तर्राष्ट्रिय प्रबन्धक केशव ढकालले जानकारी दिए । पछिल्लो समय थोरै खर्चमा गुणस्तरी शिक्षासहित विदेशी डिग्री प्राप्त गर्ने भएपछि नेपाली विद्यार्थीको आकर्षण भारततर्फ पनि बढ्दै गएको छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।