राजकुमार हिरानीसँग अघोषित ४५ करोड सम्पत्ति, अफिसमा फालेकाे कागजले खाेल्याे पाेल

मुम्बई– बलिउड निर्देशक राजकुमार हिरानीमाथि ४५ करोड भारु अघोषित सम्पत्ति राखेको आरोप लागेको छ । उनको अफिसमा फाहोरजस्तै गरी फालिएको एक कागजबाट आयकर विभागलाई यस्तो सम्पत्तिको सुराक मिलेको हो । मुम्बई आयकर विभागले उनको अफिसको एक कुनामा ४५ करोडको सम्झौताको कपी भेटेको थियो । 

मुन्नाभाइ एमबिबिएस, सन्जु, पिकेजस्ता सुपरहिट फिल्म बनाएका निर्देशक हिरानीको अघोषित सम्पत्ति भेटिनुको कहानी पनि फिल्मी नै छ । सर्वेक्षणका क्रममा आयकर विभागका अधिकारीहरु हिरानीको अफिस पुगेका थिए । एक अधिकारीको नजर अफिसको एक कुनामा फालिएको कागजमा पर्यो । उनले सुटुक्क त्यो कागज टिपेर खल्तीमा हाले । 

त्यतिखेर कागजमा के छ भनेर उनलाई पनि थाहा थिएन । पछि हेर्दा यो नेटफ्लिक्स र हिरानीबीच सन्जु फिल्मको प्रसारण अधिकारबारे भएको ४५ करोडको सम्झौता रहेछ । यसको जानकारी हिरानीले भरेको आइटिआरमा खोज्दा नभेटेपछि बल्ल विभागलाई थाहा भयो, हिरानीले यो ४५ कारोड विभागसँग छिपाएर राखेका रहेछन् । 

हिरानीजस्तै अभिनेता टाइगर श्राफ र स्त्री फिल्मका निर्माता दिनेश भिजनले पनि अघोषित सम्पत्ति राखेको विभागले भेटेको छ । उनीहरुले भरेको सम्पत्ति विवरण (आइटिआर) मा उल्लेख नगरेको यस्तो सम्पत्तिबारे विभागले केन्द्रीय प्रत्यक्ष कर बोर्डमा रिपोर्ट पठाएको छ । बोर्डको निर्देशन आएपछि विभागले तीनै आरोपीलाई नोटिस पठाएर सोधपुछ गरी कारबाही अगाडि बढाउनेछ । 

पछिल्लो समय विभागले तयार पारेको रिपोर्टमा यस्ता थुप्रै हस्तीले सम्पत्ति लुकाएको पाइएको उल्लेख छ । 
 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १३:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया