अचम्मको कन्डम : सेक्स पार्टनर राजी नभएसम्म खोल्न नमिल्ने

अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्युलिपनले अचम्मको कन्डम उत्पादन गर्न लागेको छ । जुन कन्डमको प्याकेट एक्लै खोल्न सकिने छैन ।  यो कन्डमको प्याकेट खोल्नका लागि दुईजना चाहिन्छ । चारवटा हातको सहयोविना कन्डम खोल्न सकिँदैन । 

सहमतिमा हुने सुरक्षित सेक्सलाई बढावा दिने उद्देश्यले कमपनीले ‘कन्सेन्ट’ नामको यस्तो कन्डम उत्पादन गर्न लागेको हो । कन्डमको प्याकेट खोल्नका लागि सेक्स पार्टनरमध्ये दुवैजनाको आवश्यकता पर्छ । 

‘सुरक्षित सेक्सको आधार’ नाराका साथ कम्पनीले विशेष कण्डमको भिडियो आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेको छ । लभ मेकिङमा दुवै पार्टनरको बराबर सहभागिता हुनुपर्ने मान्यताकासाथ यस्तो कन्डमको डिजाइन गरिएको यो कण्डमको प्याकेटमा  ‘यदि कसैले स्वीकार गर्दैन भने त्यहाँ केही पनि हुँदैन’ लेखिएको छ ।

सेक्स सम्बन्धमा सहमतिले मात्र काम गर्ने र सहमति भए मात्रै आनन्द पनि मिल्ने मान्यताका साथ यस्तो कन्डम उत्पादन गर्न लागिएको कम्पनीको  दाबी छ ।

सन् २०१९ को अन्त्य सम्ममा बजारमा उपलब्ध गराउने योजनाका साथ कम्पनीले काम गरिरहेको छ । सुरुमा कन्डमका केही नमुना विभिन्न बार तथा रेस्टुरेन्टमा आउने जोडीलाई निःशुल्क बाँडिने र त्यसपछि व्यावसायिक उत्पादन गनैृ कम्पनीले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १५:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया