logo-img

भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति मौलायो : राखेप सदस्यसचिव

नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने गलत प्रवृत्ति रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले, जिल्ला संघहरु खेल विकास र विस्तारको निम्ति सजिलै खेल्न सकिने खेलहरुले ७७ जिल्लामा नै खेल संघ विस्तार गर्न सकिने, तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति विकास भएको बताए । 

उनले भने, ‘हामीले खेल विकास र विस्तारको निम्ति ७७ वटै जिल्लामा खेल संघ विस्तार गर्न सकिन्छ । तर। कतिपय खेल संघहरुले आफूलाई भोट आउने मात्र जिल्लामा संघ बनाउने काम भएको छ । जुन गलत छ ।’

उनले खेलकुदको कार्यक्रममा आसन र भाषणले समय वर्वाद गरिराखेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बतताए । धेरै भन्दा धेरै खेलकुदलाई व्यवस्थित र व्यवसायिक बनाउने कुरामा परिषद्को जोड रहेको उनको भनाई छ ।
 





  • प्रकाशित मिति : जेठ १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया