नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विद्वान्हरूको देश बनाउनुपर्ने बताएका छन् । बुधबार नेकपानिकट युवा तथा विद्यार्थीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

बालुवाटारमा आयोजित अन्तरक्रियामा विद्यालय भर्ना अभियानका सन्दर्भमा बोल्दै प्रधानमन्त्रीले भने, ‘नेपाललाई निरक्षरहरुको होइन, विद्वान्हरुको देशको रुपमा पहिचान बनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा विद्वान् पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्दछ । विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौँ, तर अब यो अवस्था रहिरहन सक्दैन ।’ 

युवा र विद्यार्थीले अब सिर्जनशील र समाज सुधारको काममा लाग्न कुनै अवरोध नरहेको बताउँदै प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । 

अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताउँदै ओलीले भने ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनुपर्छ ।’





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १७:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया