नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाले उत्कृष्ट सुरुवात गरेको छ ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ४ ओभरको खेल सकिँदा उत्कृष्ट सुरुवात गरेको हो ।
क्यानडाले यो अवस्थामा बिनाविकेट ४० रन बनाएको छ । जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यसपछि नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।