logo-img

डर्टमण्डलाई हराउँदै रियलले १५औँपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ । गएराति लण्डनस्थित वेम्ब्ली स्टेडियममा सम्पन्न फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

उसले १५औँपटक च्याम्पियन्स लिगको जितेको हो । रियललाई जित उपाधि दिलाउनेक्रममा ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । खेलमा कार्भाजालले ७४ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

उनले टोनी क्रुजको कर्नरमा हेडमार्फत गोल गरे । यस्तै, जुनियरले ८३ औं मिनेटमा गोल गर्दै रियललाई उपाधि दिलाए । उनले जुड बेलिङघमको पासको सदुपयोग गर्दै गोल गरेका हुन् ।   





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया