logo-img

आर्मीलाई हराउँदै कर्णालीले जित्यो पोखरा सेभेन्स रग्बीको उपाधि

पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ । शनिबार राति कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णालीले प्रतियोगिताको उपाधि जितेको हो । 

उपाधिसहित कर्णालीले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले ३० हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपिएफले २० हजार रुपैयाँ हात पार्‍यो । 

विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्रीधर शर्मा, राखेपका बोर्ड सदस्य राजेश गुरुङ, रग्बी संघका महासचिव गोविन्द घिमिरे, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ लगायतले ट्रफी, मेडल तथा पुरस्कार रकम प्रदान गरे । 

प्रतियोगितामा सात प्रदेशसहित विभागबाट आर्मी र एपिएफ गरी १० टिम सहभागी थिए । खेलकुदमार्फत पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ पोखरा महानगरले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया