नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाका मध्यक्रमका ब्याटर निकोलस किर्टनले अर्धशतक पूरा गरेका छन् । उनले २८ बलमा तीन चौका र दुई छक्काहित अर्धशतक पूरा गरेका हुन् ।
त्यसअघि पूर्वकप्तान नवनीत धालिवालले पनि अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रनको पारी खेलेका हुन् । टी–२० आईमा धालिवालको यो सातौं अर्धशतक हो ।
उनीहरूकै उत्कृष्ट ब्याटिङको मद्दतमा क्यानडाले राम्रो ब्याटिङ गरिरहेको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले १८ ओभरमा चार विकेट गुमाएर १५९ रन बनाएको छ ।
जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
यस्तै, नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।