काठमाडौं– श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि बिदेसिनेको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा यसरी बिदेसिनेको संख्यामा ३८.३ प्रतिशतले कमी आएको छ । गत वर्षको फागुनसम्म बिदेसिनेको संख्या ५.४ प्रतिशतले घटेको थियो ।
तर, एकपटक विदेश गएर फर्केकाहरू विदेश जाने क्रम भने बढेको छ । राष्ट्र बैंकका अनुसार पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.६ प्रतिशतले बढेको छ । गत आवको पहिलो ८ महिनामा यो संख्या १.३ प्रतिशतले घटेको थियो ।
रेमिट्यान्स ५ खर्ब ८२ अर्ब
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब १९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले जनाएअनुसार पछिल्लो आठ महिनामा २३.४ प्रतिशतले रेमिट्यान्स बढेको हो । अघिल्लो वर्षको आठ महिनामा यो वृद्धिदर ४.९ प्रतिशत मात्रै थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।