कार दुर्घटनामा दुई भारतीय अभिनेत्रीको निधन

एजेन्सी– भारतको दक्षिण फिल्म उद्योगका लागि आजको दिन दुखद बन्यो । सुटिङबाट फर्किइरहेका तेलुगु फिल्ममा काम गर्ने दुई अभिनेत्री अनुषा रेड्डी र भार्गवीको कार दुर्घटनामा मृत्यु भएकाले दक्षिण फिल्मका लागि यो दुखद दिन भएको हो । हैदराबादमा सुटिङ सकेर यी दुई अभिनेत्री घर फर्किँदै थिए । 

उनीहरु सवार कार एउटा ट्रकमा ठोक्किएको थियो । घटनास्थलमा नै ती दुई अभिनेत्रीको निधन भएको त्यहाँको प्रहरीले बताएको छ । त्यो कारमा रहेका अन्य दुई अभिनेत्री गम्भीर बिरामी भएको पनि बताइएको छ । २० वर्षकी भार्गवी र २१ व्र्षकी अनुषा दक्षिण भारतीय फिल्म उद्योगमा चलेका अभिनेत्री हुन् । 





  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार २१:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया