logo-img

वर्षाका कारण रोकियो वेस्ट इन्डिज र पिएनजीबीचको खेल

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिज र पपुवा न्युगिनी (पिएनजी)विरुद्धको खेल वर्षाका कारण रोकिएको छ ।

आइतबार गुयनामा जारी खेलमा पिएनजीले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याइरहेको वेस्ट इन्डिजले १.४ ओभरमा एक विकेट गुमाएर आठ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

वेस्ट इन्डिजबाट हाल क्रिजमा रहेका ब्रान्डन किङ आठ र निकोलस पुरन शून्यमा खेलिरहेका छन् । वेस्ट इन्डिजका जोन्सन चार्ल्स गोल्डेन डक भएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।





  • प्रकाशित मिति : जेठ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया