प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपिएफले लगातार दोस्रो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा कर्णाली खेलकुद विकास परिषदलाई ३–० को सोझो सेटले हराउँदै जित दर्ता गरेको हो ।
एपिएफले कर्णालीलाई पहिलो सेटमा २५–७, दोस्रो सेटमा २५–७ र तेस्रो सेटमा २५–९ ले पराजित गर्यो । एपिएफले पहिलो खेलमा न्यू डायमन्डलाई ३–२ को सेटमा हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।