logo-img

सेयर बजारमा सामान्य गिरावट

साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सेयर बजार आज तीन दशमलव ९७ अंकले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स बाहेक सबै समूहको सेयर घटेको छ भने बिमा, उत्पादन, होटल समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।



आज एनआइबिएल स्टेबल फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर भने साढे नौ प्रतिशतले बढेको छ ।

आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता सेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।





  • प्रकाशित मिति : जेठ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया