निर्देशक सुदर्शन थापा सोमबार मालीगाउँबाट पक्राउ परेका छन् । थापालाई प्रहरीले निर्माणाधीन चलचित्र ‘रावायण’को सुटिङ सेटबाटै पक्राउ गरेको हो ।
थापालाई ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा अघि बढाउन उनलाई बौद्ध प्रहरी वृत्तमा लगिएको छ ।
‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत साउनमा ठगी र विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए । निर्देशक थापाले आफ्नो अनुमतिविना विभिन्न देशमा ‘प्रसाद–२’ प्रदर्शन गरेको निर्माता बस्नेतको आरोप छ ।
फिल्म सम्पादनका क्रममा थापाले एक कपी उम्काएको र अनुमतिबना त्यसलाई विदेशमा प्रदर्शन गराएपछि आफूले कानुनी उपचार खोजेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।