logo-img

भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६१, विपक्षीलाई १९१ सिटमा अग्रता

भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । बिहान साढे ९ बजेसम्मको परिणामअनुसार भारतीय जनता पार्टी (भाजपा) गठबन्धनले अग्रता लिइरहेको छ ।

विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याइरहेको छ । भाजपा नेतृत्वको गठबन्धनलाई अहिलेसम्म २६१ र विपक्षलाई १९१ स्थानमा अग्रता मिलेको छ । 

५ सय ४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ । तृणमुल कांग्रेसले १२ र अन्यले एक स्थानमा अग्रता लिएका छन् । 
 





  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया