कुवेतविरुद्ध फिल्डिङ गर्दै नेपाल, युएईविरुद्ध ब्याटिङमा ओमन

कठमाडौं– आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल कुवेतसँग भिड्दै छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

यसअघिका चारमध्ये तीन खेल जितेको नेपाल चौथो जितको लक्ष्यमा छ । विश्वकपमा पुग्न नेपालले कुवेतलाई जितेर मात्र पुग्दैन, युएईको हारको प्रतीक्षा गर्नुपर्छ । 

उता, युएई र ओमनबीच प्रतिस्पर्धा भइरहेको छ । ओमनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आफूले जिते र युएईलाई ओमनले हराए नेपाल दक्षिण अफ्रिकामा हुने यू–१९ एकदिवसीय विश्वकपमा पुग्नेछ । तर, यसअघिका प्रदर्शन हेर्दा ओमनसँग युएई हार्ने सम्भावना न्यून देखिन्छ । 

सिगांपुर, मलेसिया र ओमनलाई भारी अन्तरले हराएको नेपाल युएईसँग भने वर्षाले प्रभावित भएको खेलमा डिएल मेथडमा १ रनले हारेको थियो । त्यही एक रनको हार नेपालका लागि विश्वकप यात्राको तगारो बन्ने देखिएको छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार ८:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया