मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत नपाउने र सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले बिरामी परेको भन्दै विश्वासको मतको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए ।
सभामुख रामचन्द्र मण्डलको आग्रह स्वीकार गरेर उनी अन्ततः विश्वासको मत लिन तयार भएका हुन् । साहीअनुसार सभामुखले बैठक बोलाएका थिए ।
तर, बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे ।
सभामुख मण्डल विश्वासको मतका लागि जसपा नेपालका सांसद र मुख्यमन्त्रीसँग छलफलमा छन् । छलफलमा मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएको जसपाका सांसदले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।