logo-img

मधेसका मुख्यमन्त्री विश्वासको मत पाउन असफल

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव संसदबाट विश्वासको मत पाउन असफल भएका छन् । यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । 

प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट जसपा नेपालका संसदीय दलका नेतासमेत रहेका यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।

यादवको पक्षमा कांग्रेसको २२, जसपाको १९, लोसपाको ८ र एक स्वतन्त्र सांसदको गरी ५० मत मात्रै पर्यो । यादवलाई बहुमतका लागि चार सिट अपुग भयो । 

यादवको विपक्षमा एमालेका २४ (सभामुखबाहेक), जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ मत परेको हो ।

विश्वासको मत लिँदा संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद भने अनुपस्थित रहेका थिए ।

मधेशका सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले पाएको मत उपस्थित संख्याको बहुमत नभएकाले उनले विश्वासको मत नपाएको घोषणा गरेका छन् ।  



मधेशमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमत पार्टी नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । 



  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया