मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्रीसमेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षणसमेत गराइएको थियो । यद्यपि राति थप दुखाई बढेपछि अस्पताल लैजानेक्रममा उनको निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
हेटौंडा–१३ का स्थानीय बासिन्दासमेत रहेका ४० वर्षीय रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टि गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए ।
उनको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहीबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रहसमेत गरेको छ । श्रेष्ठको श्रीमती र एक छोरा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।