निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ । यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदै छन् । दुवैको लुक्स सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइसकेको छ ।
फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदै छन् । फिल्मका लागि निर्माताले उल्लेख्य लगानी गरेका छन् । कलाकारले मागे जति नै पैसा दिइरहेका छन् । फिल्म ‘केजीएफ’ स्टार यशले फिल्म ‘रामायण’ मा रावण बन्नका लागि निर्मातासँग २ सय करोड पारिश्रमिक लिएका छन् ।
यशको प्रवेशले ‘रामायण’लाई पेन इण्डिया लेवलमा प्रमोसन गर्न सजिलो हुने निर्माताको बुझाइ छ । ‘रामायण’मा यशले २ सय करोड पारिश्रमिक लिएपछि उनी बलिउडका सबैभन्दा महँगो अभिनेता बनेका छन् । अभिनेता शाहरुख खानले फिल्म ‘पठान’का लागि १ सय २० करोड पारिश्रमिक लिइरहँदा यशले शाहरुखको रेकर्ड तोडेका छन् ।
फिल्ममा सनी देवल, लारा दत्त, रवि दुबेको पनि अभिनय रहनेछ । फिल्म दुई भागमा रिलिज हुनेछ । यो फिल्मका लागि पहिलो भागमा नै करिब ८ सय करोड खर्च हुने निर्माण पक्षको दाबी छ । फिल्म सन् २०२५ सम्म रिलिज हुनेछ । फिल्मको दोस्रो भाग २०२६ सम्म रिलिज हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।