logo-img

विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 



मन्त्री शर्माका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई फिर्ता बोलाइने भएको हो ।
 
यस्तै, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल भण्डारी, नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ ।

यी राजदूतहरु अघिल्लो कांग्रेससहितको सत्ता गठबन्धनका बेला नियुक्त भएका थिए । नयाँ समीकरणअनुसार सरकार गठन भएसँगै यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई सरकारले फिर्ता बोलाएको हो ।

सत्ताको दलीय समीकरण फेरिएसँगै माओवादी, एमाले, रास्वपा र जसपा गठबन्धनले नयाँ नियुक्तिका लागि राजदूत फिर्ता बोलाउने भएको हो । 





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया