logo-img

त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक घण्टा उडान तथा अवतरण रोकिएको छ । विमानस्थल धावनमार्ग चर्किएपछि उडान तथा अवतरण रोकिएको हो । 

आज साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध भएको हो । विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाका अनुसार अहिले पुनः उडान तथा अवतरण सञ्चालनमा आएको छ । 



धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएको र अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालनमा आएको उनले जानकारी दिए । 

गत जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भागमा चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो ।





  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया